close

सन्धिखर्क नगरपालिकामा इ-हाजिर लागू

सन्धिखर्क नगरपालिकामा इ-हाजिर लागू

Trulli
ADVERTISEMENT

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाले डिजिटल हाजिरी सुरु गरेको छ । नगरपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएर ई–हाजिरीमा ल्याप्चे लगाउन शुरु गरेको हो ।

नगरपालिका भित्र सुशासन तथा समय व्यवस्थापन गर्न नगरपालिकाको कार्यालय, नगरपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले पालिकाखबरलाई बताए । 

प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार ढड्डा हाजिरी हुँदा आफूखुशी अफिस आउने र आइहालेका कर्मचारी पनि शाखामा नभेछिने समस्या भएको कारण इ-हाजिरीको व्यवस्था गरिएको हो । उनले पालिकाखबरसँग भने,‘नगरपालिकामा जे समस्या थियो, जुन ल्याकिङ थियो त्यो अन्त्यको लागि डिजिटल हाजिरी गर्ने निर्णय गरिएको थियो । हामी सफल भएकाछौं । अहिले हिजो नभेटिएका केही कर्मचारी ड्युटीमै भेनिन थालेका छन् ।’

कर्मचारी समयमा उपस्थित नहुँदा सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहोस् भनेर यो प्रविधि लागू गरिएको उनले जानकारी दिए ।