close

ललितपुरको १०५औँ स्थापना दिवसको अवसरमा स्वास्थ्य बिमा अभियानको सुरुवात

ललितपुरको १०५औँ स्थापना दिवसको अवसरमा स्वास्थ्य बिमा अभियानको सुरुवात

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाले सोमबार स्थापना दिवस मनाएको छ । महानगरले १०औं स्थापना दिवसको अवसरमा स्वास्थ्य बीमाको पनि उद्घाटन गरिएको छ। 

ललितपुरको पुलचोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ । नगर सफाइ तथा अन्य कार्य गर्न १९७५ पुस २ गते जारी भएको ‘पाटन सवाल’ बाट ‘छेमडोल अड्डा’ का नामबाट सञ्चालन भएको थियो।

महानगरपालिकाले सोही दिनको सम्झनामा स्थापना दिवस मनाउँदै आएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायत उपस्थित थिए।