close

सडक पेटीमा निर्माण सामाग्री राख्नेलाई २५ हजार जरिवाना

सडक पेटीमा निर्माण सामाग्री राख्नेलाई २५ हजार जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री राखेको आरोपमा एकजनालाई जरिवाना तिराएको छ । 

काठमाडौँ महानगरपालिका–३१ का रणबहादुर चन्दले सडक पेटीमा निर्माण सामाग्री राखी सवारी तथा पैदल यात्रीलाई अवरोध गरेको भन्दै २५ हजार जरिवाना तिराएको हो । 

यात्रुलाई असहज हुने गरी सडक पेटीमा सरसामान राखेपछि स्थानीयलाई समस्या भएको भन्दै काठमाडौँ नगर प्रहरी बलले सो जरिवाना तिराएको हो ।