close

दमकल नछिर्ने साँघुरो बााटोका लागि ‘फायर बाइक’

दमकल नछिर्ने साँघुरो बााटोका लागि ‘फायर बाइक’

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले ‘फायर बाइक’ सेवा सुरु गरेको छ । 

उपमहानगरपालिकाले नगरवासीको सेवाका लागि फायर बाइक सेवा सुरु गरेको हो । विपद परेको बेला नगर प्रहरीले तत्काल उद्धार गर्न यस्तो सेवा सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ। 

साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि घटना भएको स्थानमा तत्काल पुग्न सजिलो होस भनेर उपमहानगरले फायर बाइक सेवा सञ्चालनमा ल्याएको हो।

यसका लागि हाल उपमहानगरपालिकाले दुईवटा फायर बायक तयारी अवस्थामा राखेको छ ।