close

काठमाडौं-११ को कार्यालय भवनको निर्माण तीव्र

काठमाडौं-११ को कार्यालय भवनको निर्माण तीव्र

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिका-११ को कार्यालय भवन निर्माणले तीव्रता लिएको छ । बागदरबारको दक्षिण पूर्वी कुनामा बागदरबारकै निर्माण शैलीमा भवन निर्माण भइरहेको वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए । । 

भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ । २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको छ । 

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा ७ हजार २५० स्क्वायरफिट क्षेत्रफलमा निर्माण हुने ४ तलाको भवन बागदरबारकै शैली र उचाइको हुनेछ । अहिले वडा कार्यालय बबरमहलको निजी भवन भाडामा लिएर सञ्चालन भइरहेको छ ।