close

जानकीले तेह्रौँ गाउँसभामा सञ्चालन गर्दै

जानकीले तेह्रौँ गाउँसभामा सञ्चालन गर्दै

Trulli
ADVERTISEMENT

कैलाली– जानकी गाउँपालिकामा पुस १६ र १७ गते तेह्रौँ गाउँसभा हुने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को प्रावधान तथा जानकी गाउँ कार्यपालिकाको निर्णयअनुसार गाउँसभा हुन लागेको हो ।

गाउँसभा  बिहान ११:३० बजेदेखि स्मार्ट क्याफेको सभाहल दुगौलीमा यही पुस १६ र १७ गते हुने एक सूचना जारी गर्दै गाउँपालिकाले जनाएको छ । सो सभामा उपस्थितिका लागि गाउँसभा सदस्यलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

पालिकाको अनुसार ऐन, नियामावली, कार्यविधि, वजेट तथा कार्यक्रमको समीक्षा, आयोजना तथा कार्यक्रम संशोधन, करार सेवामा कार्यरत कर्मचारीको करार सेवा तथा विविध सम्बन्धमा गाउँसभामा छलफल हुने छ ।