close

लिजामा महाभारतको नतिजा सुधार

लिजामा महाभारतको नतिजा सुधार

Trulli
ADVERTISEMENT

काभ्रे– महाभारत गाउँपालिकाले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा आफ्नो नतिजा सुधार गरेको छ । गाउँपालिकाले गत वर्षको भन्दा चालू आर्थिक वर्ष २०७९/८० लिजाको नतिजामा २.५ प्रतिशतले सुधार गरेको हो ।

गाउँपालिकाले अघिल्लो वर्ष २०७८/२०७९ मा ५८ प्रतिशत अंक प्राप्त गरेको थियो भने आर्थिक वर्ष २०७९/८०का लागि लिजामा ६०.५ प्रतिशत अंक ल्याएको प्रमुख प्रशासकीय अधिकृत हरी बिष्टले बताए । 

निर्धारित समयमा काम गर्दै जाँदा लिजामा सुधार भएको उनको भनाइ छ । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह क्षमता विकास महाशाखाले प्रत्येक पालिकाको मूल्यांकन गर्दै आएको छ । सोही मूल्यांकनको नतिजा अनुसार महाभारतले ६०.५ प्रतिशत अंक प्राप्त गरेको छ । जनप्रतिनिधिको योजना र कर्मचारी सकृयताका कारण स्थानीय तह क्षमता विकास स्वमूल्यांकनमा सुधार आएको गाउँपालिकाले जनाएको छ ।   

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्ने गर्छन् ।