close

विदेशबाट रोजगारी गुमाएर गाउँ फर्किएकालाई ब्याज अनुदान दिँदै प्रदेश १ 

विदेशबाट रोजगारी गुमाएर गाउँ फर्किएकालाई ब्याज अनुदान दिँदै प्रदेश १ 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रदेश १ सरकारले ताप्लेजुङसहित प्रदेशभरका १४ जिल्लाबाटै प्रदेश प्रमुख नवप्रवर्तन कार्यक्रमका लागि आवेदन दिएकाको संक्षिप्त सूची प्रकाशन गरेको छ । विदेशबाट फर्र्किएका युवालाई स्वदेशमै रोजगार बनाउने प्रयासस्वरूप कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउन प्रदेश सरकारले स्थानीय तहमार्फत छनोट भएकाहरूको संक्षिप्त सूची प्रकाशन गरेको हो ।

 

ताप्लेजुङबाट तालिम लिने ३ र नलिने ५ गरी ८ जना छानिएका छन् । संखुवासभाबाट तालिम दिने ९ र नलिने १६ गरी २५, सोलुखुम्बुबाट तालिम लिने १० र नलिने ६ गरी १६, पाँचथरबाट तालिम लिने १६ र नलिने १७ गरी ३३ जना छनोट भएका छन् ।

 

यस्तै, इलामबाट तालिम लिने १५ र नलिने ११ गरी २६, तेह्रथुमबाट तालिम लिने ११ र नलिने २१ गरी ३२ एवं धनकुटाबाट तालिम लिने १ सय ९२ र नलिने ७४ गरी २ सय ६६ जनाको सूची प्रकाशन गरिएको छ ।

 

तालिम लिने १२ र नलिने २१ गरी भोजपुरबाट ३३, तालिम लिने १० र नलिने ६ गरी खोटाङबाट १६, ओखलढुंगाबाट तालिम नलिएका २, उदयपुरबाट तालिम लिने ८ र नलिने ७९ गरी ८७, झापाबाट तालिम लिने ३० र नलिने ३२ गरी ६२, मोरङबाट तालिम लिने ६५ र नलिने ८४ गरी १४९ र सुनसरीबाट तालिम लिने ५ र नलिने १३ गरी १८ जना छनोट गरी संक्षित सूची प्रकाशन गरेको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले बाख्रा, गाई, राँगा, भैंसी, कुखुरा, हाँस, बंगुर र माछापालन, डेरी उद्योग, च्याउ खेती, मिश्रित फलफूल खेती, तरकारी खेती, कागती खेती, कृषि मार्ट, बट्टाई फार्मलगायतमा कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने बताएको छ । आवेदन दिएका तर सूचीमा छुट हुन गएका आवेदकले १० असोजभित्र कार्यालय समयभित्र सम्पर्क गर्न सकिने मन्त्रालयको भनाइ छ ।