close

प्रदेश सरकारद्वारा संघीय सरकारलाई रामारोशन र मष्टा गाउँपालिकाको वडा विभाजन गर्न सिफारिस

प्रदेश सरकारद्वारा संघीय सरकारलाई रामारोशन र मष्टा गाउँपालिकाको वडा विभाजन गर्न सिफारिस

Trulli
ADVERTISEMENT

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकाको वडा विभाजन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७८/०८९ देखि २०८२/०८३) को संक्षिप्त अवधारणासमेत स्वीकृत गरेको बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

 

अवधारणा स्वीकृत भएसँगै आधारपत्र र योजनाको पूर्ण दस्ताबेज तर्जुमाको बाटो खुलेको प्रदेश नीति तथा योजना आयोगको कार्यालयका सचिव नारायणप्रसाद पौडेलले बताए ।  मष्टा गाउँपालिकाको हाल कायम नौ वडालाई वडा विभाजन गरेर ११ र रमारोशन गाउँपालिकाको हाल कायम सात वडालाई १२ पुर्‍याउन लागिएको छ । मन्त्रिपरिषद्को बैठकले उद्योग तथा फर्म नवीकरण गर्ने समयावधि पुस मसान्तसम्म र पाँच प्रतिशत बिलम्ब शुल्कमा अन्य जरिवाना मिनाहा गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ । गएको कात्तिक महिना पछि आज मन्त्रिपरिषद्को बैठक बसेको  हो ।