close

बिहीबार पनि ओरालो लाग्यो नेप्से

बिहीबार पनि ओरालो लाग्यो नेप्से

Trulli
ADVERTISEMENT

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक बिहीबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अङ्कले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले उकालो लागेर ४६५.२३ मा पुगेको छ । 

 

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सुस्ताएको छ । कूल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर २ अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण  ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख ८० हजारको हाराहारीमा पुगेको छ । 

 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १८.७७, अन्य ४.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.१२ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ २.३५, व्यापार १९.३४, विकास बैङ्क २१.९२, जलविद्युत् १७.०१, वित्त १६.२८, निर्जीवन बीमा ६०.२७, उत्पादन २१.२९, लघुवित्त २५.१७ र जीवन बीमा ३४.४३ अङ्कले ओरालो लागेको छ । 

 

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २०५ बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी ८ करोड ६२ लाख २१ हजार ९०९, नबिल बैङ्क ८ करोड १४ लाख चार हजार ३९१, महालक्ष्मी विकास बैङ्क ८ करोड सात लाख २९ हजार र नेशनल हाइड्रोपावर ७ करोड ३८ लाख दुई हजार ६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

 

नेप्सेका अनुसार सिनर्जी पावर ४.५५, लक्ष्मी इक्विटी फण्ड ४, सपोर्ट माइक्रोफाइनान्स ३.४४,सिंगटी हाइड्रोपावर ३.२४ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३.१७ प्रतिशतले कमाए । यस्तै, सामुदायिक लघुवित्त ५.८२, श्री इन्भेस्टमेन्ट फाइनान्स ५.१४, एनआइसी एशिया लघुवित्त ४.११, घलेम्दी हाइड्रोपावर ४.०२ र सबैको लघुवित्तका लगानीकर्ताले ३.९३ प्रतिशतले गुमाए ।