close

नेप्सेमा झिनो सुधार

नेप्सेमा झिनो सुधार

Trulli
ADVERTISEMENT

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अङ्कले उकालो लागेर दुई हजार ७७९.९८ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अङ्कले बढेर ५१८.७२ मा पुगेको छ ।

 

नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर ३  अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण  ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.३३, व्यापार ६.९९, होटल तथा पर्यटन २१.५५, विकास बैंक २१.१, जीवन बीमा १.३२, सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लागेको छ ।

 

यस्तै जलविद्युत् ५.५२, वित्त १४.६५, निर्जीवन बीमा १३३.८३, उत्पादन २८.७२, अन्य १७.९२, लघुवित्त ५.३१ र लगानी ०.४७ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको  २० करोड दुई लाख ६९७ बराबरको कारोबार भयो । 

 

यस्तै नेपाल दूरसञ्चार कम्पनी  ११ करोड ४७ लाख २३ हजार ७३०, अपि पावर कम्पनी  ११ करोड १७ लाख ८१ हजार ९४८, शिखर इन्स्योरेन्स  १० करोड ९९ लाख ३४ हजार २७१ र आइएमई जनरल इन्स्योरेन्स ९ करोड २५ लाख ९४ हजार ७३५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

 

नेप्सेका अनुसार विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रङोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । यस्तै सिइडिबी हाइड्रोपावर ८.७२, अजोड इन्स्योरेन्स ७.२८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ७.१६ प्रतिशतले कमाए ।

 

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक ४.१४, युनाइटेड इदी मर्दी हाइड्रोपावर ३.९०, नबिल इक्विटी फण्ड २.९६, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो २.७६ र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।