close

रिभर फल्सको आईपीओ आजदेखि विक्रीमा

रिभर फल्सको आईपीओ आजदेखि विक्रीमा

Trulli
ADVERTISEMENT

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आज (वैशाख २८ गते) देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दैछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको हो । 

 

कर्मचारीसहित सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता सेयर विक्री गर्ने तयारी कम्पनीले गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

 

सर्वसाधारणले यो आईपीओ खरीदका लागि जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा जेठ ११ गतेसम्म आईपीओ निष्कासन खुल्ला रहने छ । तर, पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको सेयर खरीदका लागि परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ । खरीदकर्ताहरूले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  

 

यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो सेयर सफ्टवेयर र मेरो सेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापुँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पुँजी ७० करोड रुपैयाँ पुग्नेछ ।