close

श्वेतगंगाको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

श्वेतगंगाको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

Trulli
ADVERTISEMENT

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आज बिहान बाँडफाँड भएको छ । आईपीओ कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

यसमा गोलाप्रथामार्फत २ लाख २७ हजार २ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएकामा ४ हजार ४४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ ।

अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिन्छ । साथै सीडीएससीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।