close

अभियान लघुवित्तको आइपीओ आज बाँडफाँड

अभियान लघुवित्तको आइपीओ आज बाँडफाँड

Trulli
ADVERTISEMENT

काठमाडौं । अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँड भएको छ । 

आईपीओ भर्नेमध्ये कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् ।  

अभियानले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

आइपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकामा २ हजार ३७६ जनाको आवेदन रद्द भएको थियो ।