close

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ५ भाग्यमानीले पाए ११ कित्ता

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ५ भाग्यमानीले पाए ११ कित्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । धौलागिरी लघुवित्तको आईपीओ आज बाँडफाँट भएको छ । गोलाप्रथामार्फत कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । 

उक्त आईपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकोमा एक हजार २८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले सनराइज क्यापिटलले जानकारी गराएको छ।

जसमध्ये ५५ अर्थात् १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ०.५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।