close

भाङग्रे झ्याउरेका सर्वसाधारणमा एक्कासी देखिएकाे खुशी

भाङग्रे झ्याउरेका सर्वसाधारणमा एक्कासी देखिएकाे खुशी

Trulli
ADVERTISEMENT

महोत्तरी– लामो समयदेखी नेटवर्कको कारणले सूचना तथा सञ्चारबाट टाढा रहेका बर्दिबास–१० र ११ का सर्वसाधारणहरुले छिट्टै समस्यावाट मुक्ति पाउने भएका छन् ।

 

नेपाल टेलिकमको टावर निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै सुचना तथा सञ्चाबट टाढा रहेका खयरमाराका सर्वसाधारणहरुले छिट्टै नेटवर्कको समस्यावाट मुक्ति पाउने भएका हुन् ।

 

‘टावर राख्न समेत राजनीति, खिचातानी र तछाडमछाडले नेटवर्क खोज्नका लागी खयरमारा, लालबन्दी तथा बर्दिबास बजार पुग्नुपर्थ्यो अब उक्त समस्यावाट सबै जना मुक्त बन्दै छन्’ स्थानीय युवा इशारा लामाले भने ।

 

नेटवर्क नभए कै कारणले भित्री मधेशको चुरे क्षेत्रमा रहेका वेत्ताल, भालु झोरा, भाङ्रे, झ्याउरे, पुर्व खोला, खयरमारा खोला, काली खोला, गर्दि, गुरुङ खोला, छोड्के, बाँके खोला, पिपल दमार, फुल्जोर लगायतका स्थानीय सुचना तथा सञ्चारबाट टाढा बनेका थिए ।

 

जिल्ला कै अग्लो ठाउँको रुपमा चिनिने चनौटे डाँडामा राखिएको नेपाल टेलिकमको  टावरले पुर्णता पाएपछी करिव ५ सय घर धुरी लाभान्वित हुने छन ।

 

‘आफन्तसँग कुरा गर्नका लागी कोषौ पैदल हिडेर नेटवर्क खोज्दै टाढा पुग्नुपर्थ्यो, चनौटे डाँडामा राखिएको टावरले हामी सबै खुसीछौ ’ लक्ष्मी भाङग्रे झ्याउरे विद्यालयका प्रधानाध्यापक तिर्थ लामा बताउँछन् ।

 

यता टावर राख्नका लागि वडा अध्यक्ष धन बहादुर लामाको सक्रियतालाई समेत स्थानीयहरुले प्रसंसा गरेका छन् । 

 

‘अध्यक्ष लामा कै सक्रियतामा आज हामीले  नेटवर्कको अन्धकारबाट मुक्ति पाएका छौं। हाम्रो समस्यालाइ बुझिदिने अध्यक्ष पाएको महसुस भएको छ’ भाङग्रे झ्याउरेका सर्वसाधारणले भने ।