close

जन्तेढुंगाले ल्यायाे ३९ करोड ९९ लाखकाे बजेट

जन्तेढुंगाले ल्यायाे ३९ करोड ९९ लाखकाे बजेट

Trulli
ADVERTISEMENT

खाेटाङ- जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ बराबरको बजेट ल्याएको छ । जन्तेढुंगाले संघीय सरकारबाट प्राप्त ३७ करोड ६५ लाख १३ हजार, प्रदेश सरकारबाट २ करोड १४ लाख ८० हजार २७० र आन्तरिक स्रोतको २० लाख रुपैयाँबाट आगामी आर्थिक वर्षका लागि बजेट तयार पारेको हो ।

 

बुधबार उद्घाटन गरिएको गाउँसभाले ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानबाहेकबाट चालू खर्चतर्फ ६ करोड ४९ लाख ३२ हजार ४७० विनियोजन गरेपछि बाँकी गरेको बजेटबाट योजना तथा कार्यक्रमका लागि रकम विनियोजन गरेको हो ।

 

गाउँसभाले गाउँपालिका स्तरीय योजनाका लागि ६ करोड ५ लाख ९८ हजार (६९ प्रतिशत) र वडाका लागि २ करोड ७० लाख विनियोजन गरेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले बताए । 

 

जन्तेढुंगाले पूर्वाधार विकासतर्फ १ करोड ९७ लाख २ हजार, विद्युत् विस्तारतर्फ २२ लाख, शिक्षातर्फ ३१ लाख ५० हजार, कृषि तथा पशुतर्फ ५४ लाख ५० हजार, न्यायिक समितितर्फ २ लाख, उपाध्यक्षसँग महिला कार्यक्रमतर्फ २२ लाख, विपद् व्यवस्थापनका लागि १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

खोटाङका १० स्थानीय तहमध्ये खोटेहाङ र जन्तेढुंगाले बुधबार गाउँसभा आयोजना गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ, साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मालगायत स्थानीय तहले भने बिहीबार गाउँ तथा नगरसभा गरिरहेका छन् । कोभिड–१९ को महामारीका कारण केपिलासगढी गाउँपालिकाले भने १४ असारमा गाउँसभा गर्ने तयारी छ ।