close

बाँकेमा खुलाइँदै विद्यालय

बाँकेमा खुलाइँदै विद्यालय

Trulli
ADVERTISEMENT

बाँके– बाँकेका स्थानीय तहले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार सूचनामार्फत स्मार्ट लकडाउनको नियम पालना गर्दै विद्यालय खोल्न दिइने बताएको हो । 

 

सरकारले जारी गरेको स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ मा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन तथा सम्बन्धित कक्षाको कुल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो समेतको उपयुक्त वैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न स्थानीय तहको सिफरिसमा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले स्वीकृति दिन सकिने उल्लेख छ ।

 

सोही व्यवस्थाअनुसार विद्यालय खोल्न सकिने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा उल्लेख छ । जिल्लामा अधिकांश भीडभाड हुने क्षेत्र खुला गरिसक्दा पनि विद्यालय बन्द राखिएकामा असन्तुष्टि हुँदै आएको थियो ।

 

बाँकेमा विद्यालय सञ्चालन गर्ने बाटो खुलेको छ । कोरोना महामारीसँगै बन्द भएका विद्यालय खोल्न जिल्ला प्रशासन कार्यालय बाँके सकारात्मक देखिएको हो । 
यद्यपि विद्यालय खोल्न चाहे स्थानीय तहले जिल्ला कोभिड ब्यवस्थापन समितिसँग समन्वय गर्नुपर्नेछ ।


बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनाअनुसार शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठनपाठन गर्नैपर्ने भए सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही सञ्चालन गर्न सकिने उल्लेख छ । प्रमुख जिल्ला अधिकारी गेलालद्वारा जारी गरिएको सूचनामा स्वास्थ्य मापदण्ड पालना गरी शिक्षण संस्था सञ्चालन गर्न सकिने बताइएको हो ।

 

स्वास्थ्य प्रोटोकलको पालना गरी न्यूनतम सहभागितामा धार्मिक चाडपर्व मनाउन सूचनामार्फत आह्वान गरिएको छ । सभा, जुलुस, महोत्सवजस्ता भीडभाडयुक्त गतिविधि सञ्चालनमा पूर्ण रोक लगाएको प्रशासनले अन्य व्यावसायिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दासमेत स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।