close

बुद्धभुमि नगरपालिकाका वडाध्यक्षको मृत्यु 

बुद्धभुमि नगरपालिकाका वडाध्यक्षको मृत्यु 

Trulli
ADVERTISEMENT

कपिलबस्तु- कपिलबस्तुको वुद्धभुमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकी खरविन्दको निधन भएको छ ।  ५५ वर्षका खरविन्दको घरमा सुतेको अवस्थामा शनिबार राति मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । 


उनमा लामो समयदेखि मधुमेह र रक्तचापको समस्या थियो ।  खरविन्दको शवको वाणगंगा नदीको रामघाटमा आजै दाह संस्कार गरिने परिवारले जनाएको छ ।

 

उनको मृत्युबारे थप खुलेको छैन् । गत १४ भदाैमा साेही नगरकाे वडा नं. ७ का रामेश्वर सिंहको पनि निधन भएको थियो । दीर्घ रोगी रहेका सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो । सिंह नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रहेका थिए । बुद्धभुमि नगरपालिका मेयर केशव श्रेष्ठले भने एक महिनामा २ वडा अध्यक्ष गुमाएको वताए ।