close

पुतलीबजारका जनप्रतिनिधिद्वारा ६ लाख सहयोग

पुतलीबजारका जनप्रतिनिधिद्वारा ६ लाख सहयोग

Trulli
ADVERTISEMENT

स्याङ्जा -  जिल्ला सदरमुकाम रहेको पुतलीबजार नगरका जनप्रतिनिधिले नगरपालिकाद्वारा सञ्चालित कोराना राहत कोषमा ६ लाख ४० हजार २ सय ५० रुपैयाँ जम्मा गरेका छन् । कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले उनीहरूले उक्त रकम जम्मा सहयोग गरेका हुन् । 


पुतलीबजार नगरपालिकाका ७३ जनप्रतिनिधिले पाउने मासिक सेवा–सुविधाबाट आधा रकम सहयोग गरेका नगरपालिकाका प्रवक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए । यसले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुग्ने नगर प्रवक्ता अधिकारीको भनाइ छ । 


जनप्रतिनिधिले गरेको आर्थिक सहयोग कोरोना नियन्त्रणमा खर्च हुने प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालले बताए ।


राहत कोषमा नगरप्रमुख सीमाकुमारी क्षेत्रीले २० हजार २ सय ५०, उपप्रमुख महेश पुरीले २३ हजार ५ सय, नगरपालिकाभित्रका १४ वडाध्यक्षहरूले प्रतिव्यक्ति १३ हजार र ७ कार्यपालिका सदस्यले प्रतिव्यक्ति ११ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।


त्यसैगरी ५० वडा सदस्यहरूले प्रतिव्यक्ति ६ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेका छन् ।