close

मकवानपुरगढीले भन्योः आफन्तकहाँ टीका लगाउन नजानू

मकवानपुरगढीले भन्योः आफन्तकहाँ टीका लगाउन नजानू

Trulli
ADVERTISEMENT

मकवानपुर- मकवानपुरगढी गाउँपालिकाले कोरोना भाइरस संक्रमणको महामारी कायमै रहेकाले विजया दशमी घरमै बसेर मनाउन आग्रह गरेको छ ।


कोरोना संक्रमितको संख्या देशव्यापी बढ्दै गएकाले र बडा दशैँ पर्वलाई सुरक्षित भएर माउन गाउँपालिकाले आग्रह गरेको हो । गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले परिवारका सदस्यहरू अन्यत्र नगई आफ्नो घरमै दशैँ मनाउन आग्रह गरिएको जानकारी दिए । ‘आफन्तकहाँ गएर टीका लगाउने कार्य यस वर्षलाई नगर्ने÷नगराउने र आफन्तहरूलाई पनि टीका लगाउनका लागि आमन्त्रण नगर्न हामीले आग्रह गरेका छौँ’, उनले भने ।


दशैँमा विभिन्न शक्तिपिठहरूमा नियमित नित्य पूजाबाहेक पशुबलि दिन र दर्शनका लागि पूर्ण रोक लगाइएको छ । दशैँ र तिहारमा सार्वजनिक स्थलमा भेला भई पिङ खेल्ने, लङ्गुर-बुर्जा खेल्ने÷खेलाउने, सार्वजनिक स्थलमा भेला भएर भीड गर्ने कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।


चाडपर्वमा ठूलो संख्यामा जुवा-तास खेल्ने, धुम्रपान तथा मद्यपानमा संलग्न हुने गरेका पाइएको भन्दै यस्ता क्रियाकलाप गरेको पाइएमा सामाजिक व्यवहार सुधार ऐन, २०७५ बमोजिम कारबाही गरिने बताइएको छ ।


यसैगरी वडा कार्यालयले टोल विकास संस्थाको बैठक राखी स्थानीय निगरानी समूह गठन गर्ने र सोही समूहलाई सूचना प्रवाहमा परिचालन गर्ने, कोरोनाको जोखिमका विषयमा सचेतना जगाउने कार्य गर्न निर्देशन दिइएको छ ।

 

स्थानीय निगरानी समूहले भीडभाड हुन नदिने, जथाभावी टीका लगाउने प्रयोजनका लागि हिँड्डुल गर्न नदिने र कोरोना संक्रमितको तथ्यांक संकलन गरी वडामा पठाउने कार्यमा जिम्मेवार बन्न आग्रह पनि गएिको छ ।