close

पहिराे पीडितका ढाेकामै पुगेर राहत दिइन संघीय मन्त्री अर्यालले

पहिराे पीडितका ढाेकामै पुगेर राहत दिइन संघीय मन्त्री अर्यालले

Trulli
ADVERTISEMENT

स्याङ्जा - कालीगण्डकी गाउँपालिका वडा–४ को गौतमडाँडामा गत ८ असोज  र ३० असारमा खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राहत वितरण गरेकी छन् । पहिरोपीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत बाँडेकी हुन् ।


मन्त्री अर्यालले असोज ८ मा मृत्यु भएका १७ वर्षीय विष्णु दमाईको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार रुपैयाँ वितरण गरिन् ।


मन्त्री अर्यालले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५–५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिन् ।


यस्तै, गत असार ३० मा पहिरोमा परेर मृत्यु भएका ४ परिवारलाई सहकारीका  तर्फबाट २०–२० हजार र विस्थापित ४ परिवारलाई १५–१५ हजार रुपैयाँको राहत मन्त्री अर्यालले वितरण गरिन् 


कार्यक्रममा मन्त्री अर्यालले भनिन्, पहिरोबाट पीडितलाई सहयोग गर्न सरकार तयार छ । जग्गा नभएकालाई जग्गा खोजेर नै सरकारले घर बनाइदिन्छ ।’ 

 

तमादीका पहिरोपीडितले पनि पाए राहत


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले वालिङ नगरपालिका– १४ तमादीका पहिरोपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेकी छन् ।


गत ८ असोजमा तमादीमा आएको पहिरोले माया नेपालीको घर पुरिँदा एकै परिवारका ९ जनाको मृत्यु भएको थियो ।

 

मन्त्री अर्यालले पहिरो गएको तामादी गाउँ पुगेर मृतकका परिवारलाई १० लाख २० हजार रुपैयाँ राहतस्वरुप हस्तान्तरण गरेकी हुन् ।