close

स्याङ्जाका चापाकोट र भिरकाेट नगरपालिका सिल 

स्याङ्जाका चापाकोट र भिरकाेट नगरपालिका सिल 

Trulli
ADVERTISEMENT

स्याङजा - लकडाउन खुलेपछि सामान्य बन्दै गएको स्याङ्जाको जनजीवन पुनः प्रभावित भएको छ । स्याङ्जाको चापकोट नगरपालिकामा १४ जानमा कोरोना संक्रमण देखापरेपछि अनिश्चितकालका लागि नगरक्षेत्र बन्द गरिएको छ ।

 

नगरपालिकाभित्र कुनै प्रकारको सभा , सम्मेलन , प्रशिक्षण , अन्तर्क्रिया , गोष्ठी तथा शुभकामना आदानप्रदानका कार्यक्रम आयोजना गर्न निषेध गरिएको छ । 

 

साथै नगरपालिकाले एक सूचना जारी गर्दै विदेश वा जिल्ला भन्दा बाहिरबाट  भिरकोट नगरपालिका प्रवेश गर्ने व्यक्तिहरुले ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ प्रमाणपत्र साथमा  हुनुपर्ने बताएको छ ।

 

 विशेष गरी बजारक्षेत्रमा अत्यावश्यक कामले घर बाहिर वा अन्यत्र जानुपर्ने अवस्था आएमा सम्बन्धित वडाको वडा अध्यक्षसँग सम्पर्क गरी अनुमती लिनु पर्ने  नगरपालिकाले जनाएको छ ।
 

 

यस्तै, कोरोना संक्रमण रोकथामको लागि थप चुनौती थपिएको भन्दै  भिरकोट नगरपालिकाले शुक्रबार  राती १२ बजेबाट लागु हुने गरी कार्तिक ३ गते सम्म नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

 

कोरोना संक्रमणले भीरकोट नगरपालिका वडा नम्बर २ की एक महिलाको मृत्यु भएपछि समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन  ५ दिन सम्म नगरपालिका बन्द गर्ने निर्णय गरिएको भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले  बताए ।

 

बन्द अवधीभर नगरपालिका भित्रका अत्यावश्यक सेवा बाहेकका सबै सेवा लगाएत बैंक तथा बित्तीय संस्था ,  शैक्षिक संस्था र अन्य कार्यलयहरुसमेत बन्द रहने खनालले जानकारी दिए ।