close

शव गाडेको साढे चार महिनापछि उत्खनन गरेर अन्त्येष्टि !

शव गाडेको साढे चार महिनापछि उत्खनन गरेर अन्त्येष्टि !

Trulli
ADVERTISEMENT

अर्घाखाँची - शव गाडेको साढे चार महिना पछि पुन उत्खन्न गरी परम्परा अनुसार दाहसंस्कार गरेको विषय अनौठो लाग्न सक्छ । तर यो वास्तविकता घटना हो ।

अर्घाखाँचीमा कोरोनाका कारण ज्यान गुमाएका एक व्यक्तिको शवलाई साढे चार महिना पछि उत्खन्न गरी दाहसंस्कार गरिएको छ ।


जिल्लाको मालारानी गाउँपालिका– ४ का ५७ वर्षीय यमप्रसाद खनालको गत २८ जेठमा उपचार गरेर फर्कने क्रममा निधन भएको थियो ।  क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका क्रममै हराएपछि मृत्यु भएपछि पुन स्वाव संकलन गरी परीक्षण गर्दा पोजिटिभ नतिजा देखिएको थियो ।


कोरोना पोजिटिभ देखिएपछि शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए  । त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले बताए ।