close

मुगुका सबै पालिकामा देउसी भैलो प्रतिबन्ध

मुगुका सबै पालिकामा देउसी भैलो प्रतिबन्ध

Trulli
ADVERTISEMENT

मुगु - हिमाली जिल्ला मुगुमा यस वर्षको तिहारमा देउसी भैलो खेल्न निषेध गरिएको छ । कोभिड-१९ को यो अवस्थामा यस वर्ष जिल्लाका सबै स्थानीय तहहरुमा देउसी भैलो खेल्न रोक लगाईएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । 

 

कार्यालका अनुसार जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका , सोरु गाउँपालिका , खत्याड गाउँपालिका र मुगुमकार्मारोगं गाउँपालिकामा देउसी भैलो खेल्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए । 

 

देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष नगरपालिका र गाउँपालिकाका सबै वडाहरुमा जिल्ला सुरक्षा समितिले देउसी भैलो नखेल्न अनुरोध गरेको हाे ।


जिल्ला सुरक्षा समितिले तिहारमा देउसी भैलो नखेल्न सबै स्थानीय तहहरुलाई पत्राचार समेत गरिसकेकाे छ