close

धुवाँरहित बन्दै बडिमालिका

धुवाँरहित बन्दै बडिमालिका

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका वडा नं.- ६ कोर्धका स्थानीयलाई सुधारिएको चुह्लो वितरण गरिएको छ । बडिमालिका नगरपालिका र सहास नेपाल बाजुराको लागत साझेदारी र वडा कार्यलयको समन्वयमा गैरीगाउँ नमुना टोलका ३२ वटा परिवारलाई  सुधारिएको चुह्लो वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

 
एक औपचारिक कार्यक्रमको आयोजना गरी ३२ सेट फलामे चुह्लो वितरण गरिएको वडा अध्यक्ष कला बढुवालले जानकारी दिइन् ।

 

जिल्लाका ९ वटा स्थानीय तहमध्ये एक मात्र महिला वडा अध्यक्ष निर्वाचित भएको बडिमालिका नगरपालिका वडा नं.- ६ का स्थानीयलाई जिल्लामै पहिलो पटक सुधारिएको चुह्लो वितरण गरिएको बडुवालले बताइन् । 


सहास नेपालको १ लाख ७२ हजार ८०० र नगरपालिकाको ५७ हजार ६०० रुपैयाँ आर्थिक सहयोगमा सो ठाउँका स्थानीयलाई चुह्लो सहयोग गरिएको उनको भनाइ छ ।


स्थानीयलाई चुह्लो वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख पदम बढुवालले नगरपालिकाको वडा नं.- ६ मा मात्र सुधारिएको चुह्लो वितरण कार्यक्रम नभएर नगरपालिकाका सबै वडाका उक्त कार्यक्रम लागू गरिने बताए । उनले अहिले महिला वडा अध्यक्ष भएको वडामा यो कार्यक्रम सुरुवात भएको बताउँदै सो कार्यक्रम क्रमशः सबै वडामा लागू गरिने बताए । 


त्यसका लागि नगरपालिकामा सीमान्तकृत वर्गको लागत संकलन गर्ने कार्य भइरहेको बताउँदै नगरप्रमुख बढुवालले बडिमालिका नगरपालिकालाई धुवाँरहित नगरपालिका बनाउने योजनामा आफूहरू रहेको बताए ।