close

मुगुमा चिसोले जनजीवन कष्टकर बन्दै

मुगुमा चिसोले जनजीवन कष्टकर बन्दै

Trulli
ADVERTISEMENT

मुगु- मुगुलगायतका कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा चिसोले जनजीवन कष्टकर बन्दै गहेको छ । आइतबार अपराह्नदेखि मुगुलगायत कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो ।


हिउँद महिना सुरु भएपछि हिमाली जिल्लाका मुगु, हुम्ला, जुम्ला, डोल्पालगायतका जिल्लाहरूमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् ।


मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढ्दै गएपछि मुगुलगायत उच्च हिमाली क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयले बताएका छन् । तापक्रप पनि माइनसम ८ डिग्रीमा झरेको छ ।


पछिल्लो समय चिसो बढ्दै गएपछि सदरमुकाम गमगढी बजारमा बसोवास गर्दै आइरहेका व्यापारी, गाउँघरका सर्वसाधारणहरू आगो ताप्दै दिन बिताइरहेका छन् ।

 
चिसाले सरकारी तथा गैरसरकारी संघसंस्थामा सेवा प्रवाहमा पनि कठिनाइ भएको छ् । चिसो बढेसँगै दैनिक रूपमा गर्दै आइरहेका काम पनि ठप्प भएका छन् । चिसोले गाई, बाख्रा,  मेलापातमा पनी समस्या भएको स्थानीय रामकुसुम कार्कीले बताइन् ।


चिसोले शैक्षिक क्षेत्रमा पनी उत्तिकै असर पारेको छ । विद्यालयमा पठनपाठन गराउँदा आगो बाल्नुपर्ने अवस्था रहेको शिक्षकहरूको भनाइ छ । 


छाया क्षेत्र प्रथामिक विद्यालय तलितुमका शिक्षक कविराज कार्कीका अनुसार चिसो ह्वात्तै बढेकाले पठनपाठनमा पनि समस्या आउने गरेको छ । चिसोमा आगो बालेर भए पनि पठनपाठन गराउँदै आएको उनले बताए ।


यस वर्ष कोराना भाइरसका कारण लामो समय विद्यालय प्रभावित भएका र हिउँदे बिदा दिइँदै आएका विद्यालयमा पनि यस वर्ष हिउँदे बिदा नदिइएको स्थानीय तहहरूको भनाइ छ । 


विगतका वर्षहरूमा मौसमअनुसार विद्यालय बन्द गरिँदै आए पनि यस वर्ष त्यस्तो नभएको जनाइएको छ ।