close

पृथ्वी जयन्तीः मधेशका जनताको टाउकोमा ढाका टोपी 

पृथ्वी जयन्तीः मधेशका जनताको टाउकोमा ढाका टोपी 

Trulli
ADVERTISEMENT

धनुषा- धनुषाको जनकपुरधार उपमहानगरमा नेपाल एकीकरणका प्रणयेता पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती र राष्ट्रिय एकता दिवस अवसरमा बाजागाजासहितको र्‍याली निकालिएको छ । 


राजर्षि जनकको नगरी जनकपुरको जनक चोकबाट सयौँ नागरिकले राष्ट्रिय झन्डा बोकेर र टाउकोमा नेपाली ढाका टोपी लगाएर पृथ्वीनारायणको तस्बिरसहित जुलूस निकालेका हुन् ।

 

कारी यादवको अध्यक्षता र जितेन्द्रकुमार साहको संयोजकत्वमा पृथ्वी जयन्ती मनाइएको हो । 

 

नेपाल राष्ट्रवादी समूहको ब्यानरमार्फत सहरका विभिन्न भाग परिक्रमा गर्दै र्‍याली जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

कोणसभामा पूर्वपञ्च असर्फी झा, कृषा गिरी, श्रवण आचार्य, अवधेश साह, अलाउद्दीन, पशुपति चौधरी, मुन्नु झासहितका दर्जनभन्दा बढी वक्ताले राजा र राजपरिवारको भूमिकाबारे चर्चा गरे ।