close

अयोध्याधामको जग्गालाई धामको नाममा गरिदिन माडी नगरको माग

अयोध्याधामको जग्गालाई धामको नाममा गरिदिन माडी नगरको माग

Trulli
ADVERTISEMENT

चितवन(माडी)- चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माण स्थलका रूपमा सिफारिस गरेको जमिनलाई धामको नाममा छुट्याइदिन संघीय सरकारलाई आग्रह गरेको छ ।


नगर कार्यपालिका बैठकले अयोध्याधामका लागि प्रस्तावित माडीको वडा नम्बर ९ कृष्णनगर पार्कस्थित १ सय बिघा जमिन वा अन्य वैकल्पिक जमिनलाई मन्त्रीपरिषद् बैठकबाट धामको नाममा निर्णय गरिदिन आग्रह गरेको हो ।


प्रधानमन्त्री केपी ओलीले माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि निरन्तर चासो दिइरहेका छन् भने रामसीताको मूर्तिसमेत बनिसकेको छ । 


धामकै नाममा जमिन छुट्याउने निर्णय भने बाँकी रहेकाले नगर कार्यपालिका बैठकले तत्कालै सो निर्णय गर्न सरकारसँग माग गरेको हो । बैठकले रामधामको डिपीआर निर्माण गरिदिन पनि सरकारलाई अनुरोध गरेको छ ।


कार्यपालिका बैठकले माडी वडा नम्बर ९, बाँदरझुलामा सडक, शिक्षा, कृषि, खानेपानी आदि काममा आधुनिक कृषि औजारको प्रयोग वर्जित रहेकाले त्यसलाई खुला गर्ने निर्णय गरिदिन सरकारसँग माग गरेको छ ।

 

यस्तै, माडीमा कुसुम खोलाबाट विस्थापित चेपाङ परिवारको आवास निर्माण चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण रोकिएको हुँदा त्यसको गाँठो फुकाउनका लागि मन्त्रिपरिषद्बाट निर्णय गरिदिन पनि बैठकले निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले बताए ।