close

पुतलीबजारमा पालिकास्तरीय भलिबल प्रतियोगिता

विजेता टिमले २ लाख रुपैयाँ पाउने

पुतलीबजारमा पालिकास्तरीय भलिबल प्रतियोगिता

विजेता टिमले २ लाख रुपैयाँ पाउने

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको पुतलीबजार नगरपालिकामा आइतबार पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित मालेबगरमा प्रतियोगिता सुरु भएको हो ।

 

पुतलीबजार नगर युवा तथा खेलकुद विकास सञ्जाल स्याङजाको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

 

प्रतियोगिताको उद्घाटन गर्दै पूर्व सांसद नारायणप्रसाद मरासिनीले खेलकुदका माध्यमबाट समाज विकास गर्न सकिने बताए । उनले ‘खेलकुदका माध्यबाट देशको व्यवस्थामा परिवर्तन गर्न सकिन्छ’, उनले भने, ‘खेलकुद भाइचाराको माध्यम हो, यसले सम्पूर्णमा सहसम्बन्ध विकास गर्छ ।’

 

नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले युवाहरूलाई सक्रिय गराउन प्रतियोगिताको आयोजना गरिएको बताइन् । उनले स्थानीयहरू आर्थिक रूपमा सक्षम रहेको खण्डमा पालिका सक्षम हुने बताउँदै स्थानीयलाई आर्थिकमा सक्षम हुन आग्रह गरिन् । 

 

फागुन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ जिल्लाका १६ टिमले प्रतिस्पर्धा गर्ने खेल संयोजक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

 

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १ लाख, तेस्रो हुनेले ५० हजार र चौँथो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

उद्घाटन खेलमा भीरकोट नगरपालिकाले विजय सुरुवात गरेको छ । उसले अर्जुनचौपारी गाउँपालिकालाई पराजित गरेको हो ।