close

देवचुलीको ९ नम्बर वडा पूर्ण सफाइयुक्त घोषणा

देवचुलीको ९ नम्बर वडा पूर्ण सफाइयुक्त घोषणा

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ९ लाई पूर्ण सरसफाइमुक्त क्षेत्र घोषणा गरिएको छ । देवचुलीको वडा नम्बर ९ लाई आइतबार नगरप्रमुख पूर्णकुमार श्रेष्ठले पूर्णसफाइमुक्त क्षेत्र घोषणा गरेका हुन् ।

 

वडा नम्बर ९ देवचुली नगरपालिकाकै पहिलो नमुना पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा भएको छ । देवचुलीको वडा नम्बर ९ ले ४५ वटा सूचक पूरा गरी पूर्ण सरसफाइउन्मुख क्षेत्र घोषणा भएको हो ।

 

देवचुलीका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले नगरपालिकालाई नै छिट्ट पूर्ण सरसफाइउन्मुख नगर बनाइने दाबी गरे ।

 

देवचुलीका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले घोषणा सँगसँगै नागरिकलाई सरसफाइसम्बन्धी सचेतना फैलाउन आवश्यक रहेको बताए । 

 

कार्यक्रममा दिगो खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था (नापाबास) का प्रमुख प्रवीन घिमिरेले वडाबासीको अथक प्रयासले वडालाई सरसफाइउन्मुख घोषणा गर्न सकिएको जानकारी दिए । 


कार्यक्रम वडाअध्यक्ष मेखबहादुर सारु मगरले वडालाई पूर्ण सरसफाइउन्मुख क्षेत्र घोषणा गर्न वडाबासीको योगदान महत्त्वपूर्ण रहेको बताए । वडालाई पूर्ण सरसफाइ वडा घोषणा गर्न सहयोग पुर्‍याउने संघ-संस्थालाई कदरपत्रबाट सम्मान गरियो ।