close

गाडीको ठक्करले मरे लाखौँ मूल्यका कुखुरा

गाडीको ठक्करले मरे लाखौँ मूल्यका कुखुरा

Trulli
ADVERTISEMENT

मुगु– मुगुका लागि नेपालगञ्जबाट ल्याइँदै गरेका कुखुरा बीच बाटोमै मरेका छन् । मुगुम कार्माराङ गाउँपालिका वडा नम्बर ९ का लागि ल्याइएका ३ हजार ७ सय कुखुरामध्ये ५ प्रतिशत कुखुरा सम्बन्धित स्थलमा नपुग्दै बीच बाटोमै मरेका हुन् ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगमा ती कुखुरा ल्याइएका हुन् । स्थानीय लागत साझेदारी कार्यक्रमअन्तर्गत कार्यालयको २० लाख रुपैयाँ लागतमा वडा नम्बर ९ का किसानका लागि वितरण गर्न ती कुखुरा ल्याइएको हो ।


कालीकोटको शेराबाडामा कुखुरा बोकेको गाडी र अगाडि गुडिरहेको सवारी एकआपसमा ठोक्किँदा बीच बाटोमै केही कुखुरा मरिसकेका थिए भने बाँचेका अन्य कुखुरा मुगु पुगुन्जेल मरेको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भीमचन्द्र बुढाले बताए ।


‘मरेका र नमरेका कुखुराको लगत लिइँदै गरेको छ । प्राविधिक कारणले बीच बाटोमै सवारी साधन बिग्रिएपछि थप समस्या भएको छ’, उनले भने ।


कार्यालयको आर्थिक वर्ष २०७७/७८ को स्थानीय लागत कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नम्बर ८ र ९ का समुदायको मागअनुसार ३ सय ९८ घरधुरीलाई वितरण गर्ने कार्यक्रम छ ।


कुखुरा विकास फार्म खजुराबाट आएका लोकल, लेयर्स र गिरि गरी ३ जातका कुखुरा १२ वैशाख राती मुगुका लागि छुटाइएको थियो ।


१२ वैशाख बिहान कालीकोटको शेरावाडामा १५ सय बढी चल्ला बोकेको सवारी चिप्लिएर अगाडिको गाडीलाई ठक्कर दिँदा १ सय बढी कुखुरा घटना स्थलमै मरेका थिए ।

स्थानीयका अनुसार कुखुरापालनबाट व्यवसाय फस्टाउने सोच राखेका किसानको इच्छामा पूर्णविराम लागेको छ ।