close

सुकुम्बासीको नाममा हुकुम्बासीको हैकम चल्दैन: अध्यक्ष ज्ञवाली 

सुकुम्बासीको नाममा हुकुम्बासीको हैकम चल्दैन: अध्यक्ष ज्ञवाली 

Trulli
ADVERTISEMENT

मुगु- भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासीका नाममा हुकुम्बासीको हैकम चल्न नदिइने बताएका छन् । 

 

भूमिसम्बन्धी काम बोकेर कर्णालीका जुम्ला हुँदै मुगु पुगेका केन्द्रीय अध्यक्ष ज्ञवालीले वास्तविक सुकुम्बासी र भूमिहीनको पहिचान गरेर तिनको व्यस्थापनमा आयोग अगाडि बढेको जानकारी दिए ।

 

विगत वर्षमा तराईका सुकुम्बासी र पहाडका भूमिहीनको नाम लिएर आयोमा बसेकाले आफ्नो पहँुचमा आधारित काम गरे पनि अहिले त्यसो हुन दिँदैनौँ’, अध्यक्ष ज्ञवालीले भने ।

 

आगामी दिनमा जथाभावी नगरी सही ढंगबाट सुकुम्बासीका नाममा जमिन दिने काम नगरिने उनको दाबी छ । ‘विगतमा शक्ति, पहुँच र नातागोताका आधारमा जमिन दिने गरिए पनि अब त्यस्तो अवस्था आउँदैन’, उनले भने ।   


सदरमुकाम गमगढी बजारमा आयोजित कार्यक्रममा ज्ञवालीले आयोगले नयाँ ढंगले काम गरिरहेको जानकारी दिए ।  आयोगले संकलन गरेको लगत विगतमा जस्तो मालपोत कार्यालयमा ढड्डामा राखी अड्याउने, पोका पार्ने, जथाभावी फाल्ने, आगोजस्ता अवस्था आउन नदिने उनको दाबी छ । आयोगले लिरिस नामक सफ्टवेयर प्रणालीको विकास गरेर प्रयोगमा ल्याइसकेकाले सबै काम व्यवस्थित हुने उनको भनाइ छ । 

 

‘यो प्रणालीले सबै रेकर्ड सिस्टममा अपलोड गर्छ । नेपालका जग्गा प्रशासनभित्र देखिएका समस्या हल गर्न सम्पूर्ण कित्ता, स्रेस्तालाई प्रणालीमा आबद्ध गर्ने काम भइरहेको छ’, ज्ञवालीले भने । 

 

मुगुमा रहेका भूमिहीन र सार्वजानिक जग्गा अतिक्रमित भएका स्थानको लगत संकलन गर्ने काम अगाडि बढिरहेकाले संकलित व्यक्तिको नाम र स्थानको छानबिन गरी वास्तविक भूमिहीन पहिचान गरेर जग्गा उपलब्ध गराइने भूमिसम्बन्धी समस्या समाधान आयोग मुगुका अध्यक्ष सोनाम छिरिङ लामाले बताए ।