close

स्याङ्जाका तीन स्थानीय तह बन्द

स्याङ्जाका तीन स्थानीय तह बन्द

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाका विभिन्न स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन् । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना प्रकोप बढ्दै गएकाले स्वास्थ्यलाई दृष्टिगत गरी नगरभित्रका सम्पूर्ण कार्यालय, निजी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था बन्द गरिएको जनाएका छन् ।

 

स्थानीय तहका प्रमुखद्वारा जारी गरिएको सूचनामा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण नगर क्षेत्रमा तीव्र रूपमा फैलिन सक्ने अवस्था देखिएकाले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।

 

वालिङका नगरप्रमुख दिलीपप्रताप खाँण द्वारा हस्ताक्षरित विज्ञप्तिमा शनिबार राती १२ देखि २५ वैशाख राीत १२ बजे सम्मका लागि जनस्वास्थ्य विपद् घोषणा गरिएको उल्लेख छ । नगरपालिकाले गल्याङ नगर अस्पतालमा ५० शय्याको अक्सिजनसहितको आइसोलेसन बेड निर्माण भइरहेको समेत बताएको छ ।


यस्तै, चापाकोट नगरपालिका प्रमुख शिवकुमार गिरीले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।

 

गल्याङ नगरपालिकाले सूचना प्रकाशित गर्दै आइतबारदेखि २५ वैशाखसम्म नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । नगर प्रमुख भूपराज अधिकारीद्वारा हस्ताक्षरित सूचनामा नगरभित्र कोरोना संक्रमण उच्च रूपमा फैलिन सक्ने भएकाले यसबाट बच्न उच्च सावधानी अपनाउनसमेत आग्रह गरिएको छ । नगरप्रमुख गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरभित्र निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।