close

ताँप्रीसेराको बस्ती जोगाउन मन्त्री शाहद्वारा ५० लाख विनियोजन

ताँप्रीसेराको बस्ती जोगाउन मन्त्री शाहद्वारा ५० लाख विनियोजन

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बूढीगंगा नगरपालिका वडा नम्बर १ र २ मा पर्ने ताँप्रीसेराको मानव बस्ती र खेतीयोग्य जमिन जोगाउन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।


शाहले ताँप्रीसेराको मानव बस्ती र खेतीयोग्य जमिनलाई दृष्टिगत गरी तत्कालै कार्यान्वयन हुने गरी उक्त स्थानमा तटबन्ध निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रीका स्वकीय सचिव जंग विकले बताए ।


बेलाबेला बाढीपहिरोको चपेटामा रहेको यस क्षेत्रका नागरिकलाई सहज हुनेछ । बर्सेनि बाढीपहिरो र डुबानको त्रासले त्यस क्षेत्रमा नागरिक वर्षाका कारण अन्यन्त्र बसाइँसराइ गर्ने गरेका छन् । 


साँफे-मार्तडी सडक खण्डअन्तर्गत पर्ने घट्टे खोलामा गत वर्ष आएको बाढीले मोटरेवल पक्की पुलसहित, खेतीयोग्य जमिन बगाउनुका साथै बस्तीसमेत जोखिममा परेको थियो । 


बाढीले बगाएको सो बस्तीसहित बूढीगंगा नदीमा आएको बाढीले जडांगामा रहेको बेलीब्रिज पुल र ५ वटा झोलुंगे बगाएको थियो । 


बाढीले घाघर, पानीनाउला, जडांगा, ओलेना, तिपाडा, भौनेर, रापक, अजयटुट्कीलगायत ठाउँमा क्षति भएपछि पूर्वगृहमन्त्री रामबहादुर थापासहितको टोलीले संयुक्त अनुगमन गरेको थियो ।