close

नहर भत्किन थालेपछि दलित टोलका १० घर पहिरोको उच्च जोखिममा

नहर भत्किन थालेपछि दलित टोलका १० घर पहिरोको उच्च जोखिममा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोट दलित टोलका स्थानीयका घर पहिरोको उच्च जोखिममा परेका छन् । घरमाथि निर्माण गरिएका जीर्णावस्थाका नहर बेलाबेला भत्किन थालेपछि डाडाँवाडाका स्थानीयका १० घर पहिरोको उच्च जोखिममा परेका हुन् ।


सिँचाइका लागि लामो समयदेखि निर्माण गरी सञ्चालनमा रहेका जुक कुलो र नकुलोका नहर भत्किन थालेपछि दलित टोलका घर जोखिममा परेको स्थानीय अमर ल्वारले जानकारी दिए ।


जीर्णावस्थाका २ वटै नहरको पानीले घर माथिबाट पहिरो खस्न थालेपछि स्थानीय नीर ल्वार, नन्द्या ल्वार, सर्पलाल ल्वार, रंग दमाईलगायत १० घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् ।


 
नहरबाट चुहिएको पानीले स्थानीय शिव दमाईको घर भत्किएको छ । घरमाथि निर्माण भएका जीर्णावस्थाका नहर हालसम्म पुनर्निर्माण नहुँदा स्थानीयले सास्ती भइरहेको ल्वारले गुनासो गरे ।


अहिले नहर माथिबाट चुहिएको पानीले पहिरो आउन थालेपछि रातीको समयमा जागा बस्नुपरेकोे स्थानीयले सुनाए ।


बस्ती माथि रहेका नहरबाट बेला-बेला पानी चुहिने र पहिरो खस्ने डरले स्थानीयलाई राती जाग्राम बस्नुपरेको हो । सिँचाइका लागि प्रयोग हुने सो नहर बर्खाका बेला भासिने र पानी चुहिँदा जीर्ण बनेका हुन् ।