भक्तपुर– मध्यपुर थिमि नगरपालिका भवनभित्र कार्यपालिकाको बैठक चलिरहँदा बाहिर स्थानीयले नारा–जुलुस गरेका गरेका छन् । कार्यालय भवन अगाडिको सडक वर्षौंदेखि हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य भएपछि निर्माणको मागसहित स्थानीयले विरोधस्वरूप नारा–जुलुस गरेका हुन् ।
वडा नम्बर ६ स्थानीयले सो बाटो कालोपत्रे गर्न माग गर्दै पालिका भवनमा नारा–जुलुससहित धर्ना दिएका हुन् । बाटो नभएको क्षेत्रमा विकास निर्माणको काम भएको छ । बाटो बनेको छ तर यो क्षेत्रमा लामो समयदेखि सडकलाई अलपत्र पारिएपछि आन्दोलनमा उत्रिनुपरेको स्थानीयले बताए ।
पटक–पटक जनप्रतिनिधिसमक्ष सडकको विषयमा कुरा गर्दा पनि सुनुवाइ नभएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताए । नगरपालिकाको जारी कार्यपालिका बैठकबाटै तत्कालै कालोपत्रे गर्ने निर्णय हुनुपर्ने माग उनीहरूले राखेका छन् ।
लामो समयदेखि समस्या भएपछि स्थानीयले स्वतःस्फूर्त रूपमा नगरपालिका कार्यालयमा धर्नासहितको विरोध जनाएका हुन् ।