close

अन्नपूर्णका विपन्नले पाए राहत 

अन्नपूर्णका विपन्नले पाए राहत 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । कर्मा क्याग्यु एक्स एसोसिएसन नेपालले विपन्नलाई राहत वितरण गरेको हो ।


८ वटै वडा कार्यालयको सिफारिसमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोजगारी गुमेर समस्यामा परेकालाई खाद्यान्न राहत उपलब्ध गराइएको हो ।

 

२२५ जनालाई पुग्ने गरी १-१ बोरा चामल, १ पोका नुल, १ पोका तेल, २/२ केजी दाल र चना, मास्क र स्यानिटाइजर वितरण गरिएकोे गाउँपालिकाले जनाएको छ । एउटा वटा वडाका २५ जनाका दरले खाद्यान्न उपलब्ध गराइएको छ । 

 

अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन र पर्यटन व्यवसायी रामचन्द्र अधिकारीको समन्वयमा राहत सामग्री व्यवस्थापन गरिएको हो ।


खाद्यान्न राहत लिएर कर्मा क्याग्यु एक्स एसोसिएसन नेपालका अध्यक्ष टिनी लामासहित १० जनाको टोली पोखरेबगर आएको थियो ।

 

गाउँपालिका अध्यक्ष पुन र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले विपद् र महामारीको अवस्थामा साथ दिने सहयोगी दातालाई धन्यवाद दिए ।