close

मगरले पाए महत गाउँ मुखियाको जिम्मा

गाउँले मुखियाको अधीन रही गाउँको रीतिथिति पछ्याउनैपर्ने प्रचलन

मगरले पाए महत गाउँ मुखियाको जिम्मा

गाउँले मुखियाको अधीन रही गाउँको रीतिथिति पछ्याउनैपर्ने प्रचलन

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँका नयाँ गाउँले मुखियामा खमबहादुर बुढा मगर चयन भएका छन् । गाउँलेको नेतृत्वका लागि हरेक वर्षको नयाँ आर्थिक वर्षमा महत गाउँमा नयाँ गाउँले मुखिया अर्थात् गाउँ खरदारी समिति मुखिया चयन गर्ने प्रचलन छ ।

 

सोहीअनुसार आर्थिक वर्ष २०७८/७९ का लागि महत गाउँले मुखियामा बुढा मगरलाई चयन गरिएको हो । कालांगा डेराबाट नयाँ मुखिया बुढालाई चयन गरी १५ सदस्यीय टिम बनाइएको स्थानीय कमल बुढा मगरले बताए ।

 

चालू आर्थिक वर्षका मुखिया सर्वजीत बुढा मगरसहित १५ जनाको पुरानो टिमलाई स–सम्मान बिदा गरी नयाँ टिमलाई स्वागत गरिएको बुढाले जानकारी दिए ।पशुपालनका लागि वनको रेखदेख, संरक्षण तथा समानुपातिक वितरणबारेको जानकारीका साथै गाउँलेको नेतृत्वका लागि गाउँ खरदरी समिति तथा गाउँले मुखिया चयन गर्ने परम्परा छ ।

 

हरेक वर्ष चयन हुने गाउँ खरदरी समितिले नै पशु चौपायालाई थुनुवा वनमा राखेबापत बैठकको निर्णयअनुसार बनाउलो (कर) को रेटदर निर्धारण गरी उठाइएको कोषमा जम्मा गरेको उक्त रकमबाट पूजापाठसँगै विकास निर्माणमा लगानी गर्ने गरिएको बुढाको भनाइ छ । 

 

गाउँले मुखियाको अधीनमा रही गाउँको रीतिथितिअनुसार परिचालित हुनुपर्नेछ । चालू आर्थिक वर्षका मुखिया बुढा मगरको टिमले बिदाइ हुँदै गर्दा महतमा बन्दै गरेको बृहत् खेलमैदान जग्गा व्यवस्थापनका लागि ५५ हजार रुपैयाँ स्वैच्छिक सहयोग गरेको छ ।