close

नारायणगढ–मुग्लिन सडकमा पहिरैपहिरो, तीन दिनदेखि अलपत्र परे यात्रु

नारायणगढ–मुग्लिन सडकमा पहिरैपहिरो, तीन दिनदेखि अलपत्र परे यात्रु

Trulli
ADVERTISEMENT

चितवन– हिउँदमा सुक्खा पहिरोले नारायणगढ–मुग्लिन  सडकमा यात्रा गर्न सकस । बर्खामा हिलो लेदोसहितको पहिरोले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र ।

 

यो समस्या एक पटक मात्र हैन, हरेक वर्ष आइपर्छ । अहिले पनि वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न थालेको छ । बुधबारबाट परेको लगातारको पानीका कारण सडक बन्द भएको छ । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड ३ दिनदेखि अवरुद्ध हुँदै आएको छ ।

 

बिहीबारबाट नारायणगढ–मुग्लिन सडकमा यात्रु अलपत्र छन् । न उनीहरूले समयमा खान पाएका छन्, न त गन्तव्य पुग्न । १७ असारमा पर्वतबाट बुटवल जान हिँडेका प्रदीप तिवारी शनिबारसम्म पनि मुग्लिनको जाममै रोकिए । उनी भन्छन्, ‘शुक्रबार साथीको बिहेमा निस्केको शनिबारको पार्टीमा पनि समावेश हुन सकिनँ । बाटोमा अलपत्र परेँ ।’

 

तिवारी मात्र हैन, यो सडक हुँदै यात्रा गर्ने हजाराँै यात्रु अलपत्र छन् । नारायणगढ–मुग्लिन सडकको बिवभिन्न स्थानमा लगातार पहिरो खसिरहेको छ ।
शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको २ घन्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको छ ।

 

लगातार पहिरो खसेका कारण हटाउन गर्न समस्या आएको छ । पहिरो रोकिए ५ देखि ६ घन्टामा सडक सफा गर्न सकिने भए पनि पानी परिरहेका कारण दिनभर लाग्न सक्ने डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानाकारी लिएर मात्र सडकमा यात्रा गर्न अनुरोध गरेको छ । अहिले सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्जाभेटर, एउटा ब्रेकर र दुई वटा जेसिबी परिचालन गरिएको छ ।