close

महत गाउँमा युद्ध सम्झाउने झल्को 

उपराष्ट्रपति पुनसहितको सेन्ड मोडल 

महत गाउँमा युद्ध सम्झाउने झल्को 

उपराष्ट्रपति पुनसहितको सेन्ड मोडल 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- तत्कालीन विद्रोही नेकपा माओवादीका लडाकु र नेपाल प्रहरीबीच ६ असोज २०५६ को राती महतमा ठूलो भिडन्त भएको ठाउँलाई अहिले युद्ध फिचरमा उतार्न लागिएको छ । माओवादी लडाकु र सेना, प्रहरीबीच भिडन्त भएको भूमे गाउँपालिका वडा नम्बर ६ महतलाई अहिले युद्ध फिचरमा उतार्न लागिएको हो । 

 

पछिल्लो पुस्ता र बाहिरका मानिसका लागि अध्ययनका साथै पर्यटकको आकर्षणमा टेवा पुर्‍याउने उद्देश्यले धेरै पटक दुवै पक्षबाट भिडन्त भएको महतमा युद्ध फिचर निर्माणको अवधारणाअनुसार काम भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । हाल युद्ध फिचरको पहिलो चरणको एक भिडन्त भइरहेको अवस्थालाई उतारिएको मोडल तयार पारिएको छ । 

 

युद्ध फिचर निर्माणलाई पूर्णता दिन चालू आर्थिक वर्षमा गाउँपालिकाले १५ लाख रुपैयाँको बजेटले डिपिआर तयार गरिएको अध्यक्ष बुढाले जानकारी दिए । त्यसलगत्तै चालू आर्थिक वर्षमा स्थानीय साझेदारी पूर्वाधार कार्यक्रमको २० लाख रुपैयाँ बजेटबाट थप फिचरअन्तर्गतको सेन्ड मोडल बनाइएको अध्यक्ष बुढाको भनाइ छ । 

 

लडाकुको सेन्ड मोडल

सेन्ड मोडलअन्तर्गत पहिलो चरण चालू आर्थिक वर्षमा महत चौकी आक्रमणका होल कमान्डर हालका उप-राष्ट्रपति नन्दबहादुर पुन मगर (पासाङ) सहित अन्य सहायक कमान्डरको सेन्ड मोडल निर्माण भइरहेको युद्ध फिचर सेन्ड मोडल निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढा मगरले जानकारी दिए ।

 

महत चौकी आक्रमण तथा भिडन्तमा माओवादीतर्फका सेनालाई नेतृत्व गर्ने १ नम्बर प्लाटुन कमान्डर हरिबहादुर पुन (वरुण), २ नम्बर प्लाटुन कमान्डर होमप्रकाश श्रेष्ठ (हिमाल), स्क्वाइट कमान्डर गजबहादुर बुढा मगर (शिखर), सेक्सन कमान्डर निर्माण र स्वास्थ्यकर्मीको नेतृत्व गरेका कृष्ण रेग्मी गरी यो आर्थिक वर्षमा ६ जनाको सेन्ड मोडल बनाइएको छ । 


व्यक्तिको सेन्ड मोडल यो वर्ष ६ जनाको मात्र गरिन लागिएको छ । महत चौकी आक्रमणमा विद्रोही पक्षले गरेको पूर्वतयारीका लागि हालका उप–राष्ट्रपति पुनले लडाकुलाई प्रशिक्षण दिएको दृश्यलाई पनि सेन्ड मोडलमा उतार्न थालिएको छ ।  यसैगरी त्यसबेलाको महत चौकी र प्रहरीले गर्ने गरेको सेन्टरी पोस्ट एवं वरिपरिका गाउँलाई पनि वास्तविकतामा उतार्न त्यसको पनि सेन्ड मोडल तयार गरिएको छ । 


‘महत चौकी आक्रमणका क्रममा डिएसपी ठूले राईलाई माओवादी लडाकुले नियन्त्रणमा लिएपछि उक्त आक्रमणले देशमा ठूलो चर्चा पाएको थियो,’ गाउँपालिका अध्यक्ष बुढाले भने, ‘घटनाक्रमलाई जीवित राख्न महत युद्ध फिचर निर्माणको परिकल्पना गरेका हौँ ।’ बहुवर्षीय योजनाका साथ महत युद्ध फिचर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । 

 

लडाइँमा सहभागीको सम्मान, सम्झना र नयाँ पुस्ताका लागि इतिहास बनाइराख्न यो काम थालिएको हो । साथै, युद्ध पर्यटनका रूपमा यो स्थानलाई विकास गर्न महत युद्ध फिचरको परिकल्पना गरिएको बुढाको भनाइ छ ।

 

विद्रोही पक्षका लडाकु र राज्य पक्षका सेना, प्रहरी मारिए नै, त्यहाँ भएका भिडन्तका कारण सर्वसाधारणले समेत ज्यान गुमाएका थिए  । भूमे वडा नम्बर ६ को महत गाउँ अर्थात् साविक महत गाविसको ठूलो गाउँले १० वर्षे सशस्त्र युद्धका क्रममा धेरै लडाइँ, भिडन्त झेल्यो । उक्त युद्धका क्रममा महतका मात्रै ५८ जनाले ज्यान गुमाएका थिए ।