close

ताप्लेजुङमा प्राकृतिक विपत्तिः आगोको क्षति भयावह 

ताप्लेजुङमा प्राकृतिक विपत्तिः आगोको क्षति भयावह 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा पछिल्ला ३ वर्षमा भएका बिपद्का घटनामध्ये सबैभन्दा बढी क्षति आगलागीका कारण भएको पाइएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार पछिल्ला तीन आर्थिक बर्षमा भएका विपद्का घटनामध्ये सबैभन्दा बढी क्षति आगलागीबाट भएको हो । 

 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार आव २०७५/७६ मा ताप्लेजुङमा भएका बिपद्का घटनाबाट ७ करोड १३ लाख ७७ हजार ७ सय ५० रुपैंयाको क्षति भयो । सो मध्ये ३ करोड ७० लाख ४७ हजार २ सय ५० रुपैंयाको क्षति भने आगलागीबा मात्र भएको छ । 


बाढी÷पहिरोबाट ३ करोड ३१ लाख ९० हजार ५ सय र हावाहुरीबाट ११ लाख ४० हजार मूल्य बराबर क्षति भएको छ । यो बर्ष हावाहुरीले मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको बिद्यालयमा समेत क्षति गरेको थियो । जिल्ला आगलागी, बाढी÷पहिरो, हावाहुरी, चट्याङ, भूकम्प, असिनापानी र जंगली जनावरबाट भएको क्षतिलाइ जिल्ला विपद् व्यवस्थापन समितिले विपद्बाटै भएको क्षतिको रुपमा तथ्याङ्क राखेको छ । 

 

विपद्का कारण सो आवमा १ जनाको मृत्युसँगै ६ जना घाइते भएका थिए । ८७ वटा घरमा क्षति पुगेको थियो । यस्तै आव २०७६।०७७ मा १५ करोड १५ लाख ७५ हजार ३ सय ५० रुपैंयाको क्षति भएकोमा आगलागीबाट मात्रै १० करोड ५३ लाख २० हजार ३ सय ५० रुपैंयाको क्षति भएको विवरण जिल्ला विपद् व्यवस्थापन समितिले दिएको छ । 

 

सो आवमा बाढी र पहिरोबाट ४ करोड ६१ लाख ४ हजार र चट्याङबाट १ लाख ५१ हजार मूल्य बराबरको क्षति भएको थियो । बिपद्का सो बेलाको घटनाबाट १ जनाको मृत्यु र ५ जना घाइते भएका थिए । ७ पशु चौपाया पनि मरेका थिए भने १ वटा घाइते भएका थिए । एक पक्की सहित ३२ घरमा क्षति पुगेको थियो । 

 

बिपद्का हिसावले आव २०७७/०७८ ताप्लेजुङका लागि निकै क्षतियुक्त बर्ष सावित भएको छ । यो आवमा ४ अर्ब ५ करोड ६२ लाख ५ हजार ३ सय ७९ रुपैंया बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

 

आगलागीमा मात्रै ४ अर्ब ३ करोड ७५ लाख २१ हजार ३ सय ७९ रुपैंयाको क्षति भएको विवरण जिल्ला विपद् व्यवस्थापन समितिले दिएको छ । बाढी÷पहिरोबाट १ करोेड ६७ लाख ६८ हजार, चट्याङबाट १३ लाख १६ हजार र भूकम्पबाट ६ लाख रुपैंयाको क्षति भएको छ । 

 

सो आवमा आगलागी र चट्याङबाट १-१ तथा बाढी÷पहिरोबाट ५ गरी ७ जनाको मृत्यु भएको छ । २९ वटा पशुचौपायाको मृत्यु हुँदा ७ वटा घाइते भए । १ सय २ वटा कच्ची र ६ वटा पक्की सहित १ सय ८  घरमा क्षति पुगेको थियो ।