close

कर्णालीमा ‘२० किलो चामल’को प्रभाव 

कर्णालीमा ‘२० किलो चामल’को प्रभाव 

Trulli
ADVERTISEMENT

मुगु- सरकारले साविकका कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा निःशुल्क रुपमा वितरण गर्दै आइरहेको २० किलोग्राम चामल पछिल्लो समय प्रभावकारी बन्दै गएको छ ।  वितरण हुदै आएको चामल कर्णालीका मुगु, जुम्ला, र हुम्ला गरी १ हजार क्विन्टल चामल वितरण गरेको छ । 

 

जसमा मुगुबाट आर्थिक वर्ष ०७७/७८ मा १ सय ७ क्विन्टल २० केजी, जुम्लाबाट ८१ क्विन्टल २० केजी र हुम्लाबाट ८ सय ९४ क्विन्टल गरेर १ हजार ८२ क्विन्टल, ४ केजी चामल वितरण गरेको हो । 


नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुगुबाट जन्मका आधारमा ५ सय ८ जना र मृत्यु भएका आधारमा २८ जना गरी ५ सय ३६ जनालाई चामल वितरण गरेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका सुचना अधिकारी पुस्कर भामले जानकारी दिए । 


यस्तै जुम्लामा जन्मिएका ४ सय ६ र मृत्यु भएका २२ जनाको परिवारलाई गरी ४ सय २८ जनालाई चामल वितरण गरेको छ । चामलसँगै  १ लाख रुपैयाँ बढी नगद वितरण गरेको जुम्ला शाखाका प्रमुख तिलक सुनारले बताए । यस्तै हुम्लामा भने जिल्लाका सातवटै स्थानीय तहका चार सय ४७ जनालाई उक्त चामल निःशुल्क वितरण गरिएको छ ।   


जन्म र मृत्युका अवसारमा प्रत्येक व्यक्तिका लागि २० किलोका दरले वितरण गर्ने सरकारको निर्णय अनुसार कम्पनीले जन्म संस्कारमा ३ सय १९ र मृत्यु संस्कार भएका १ सय २८ जनाको परिवारलाई उक्त परिणामको चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए । चामल ढुवानी गर्न एक लाख ६८ हजार पाँच सय रुपैयाँ नगद पनि वितरण गरिएको छ । 

 

जन्म र मुत्युको दर्ता प्रमाण–पत्र, सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्रका आधारमा खाद्य वितरण केन्द्र, जिल्ला शाखा मार्फत उक्त चामल वितरण गर्दै आएको सुचना अधिकारी भामले बताए ।  


पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २३ भदौ, २०७३ मा संसदमा सम्बोधन गर्दै साविकको कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु भएका आफन्तलाई सामाजिक संस्कार गर्न प्रतिव्यक्ति २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए । उक्त घोषणा फागुन १ गतेदेखि कर्णालीमा कार्यान्वयनमा आएसँगै हरेक वर्ष शाखाको वितरण केन्द्रबाट आवश्यक प्रमाणपत्र सहित चामल वितरण गरिदै आइएको छ ।