close

बाढीले काठे पुल बगाएपछि स्याम्ने गाउँको आउजाउ विच्छेद

बाढीले काठे पुल बगाएपछि स्याम्ने गाउँको आउजाउ विच्छेद

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको सीमकोट गाउँपालिका वडा नम्बर ४ र ३ को बीच स्याम्ने खोलामा रहेको काठे पुल बाढीले बगाउँदा स्थानीयलाई आउजाउमा समस्या भएको छ ।
बिहीबार राती आएको बाढीले काठे पुल बगाउँदा वडा नम्बर १, दोजाम वडा नम्बर २ ठेहे र ३ बरगाउ र खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ ताक्ला, बाम्टाका नागरिकलाई आउजाउमा कठिनाइ बनाएको छ ।


अविरल वर्षासँगै हेल्दुम खोलामा आएको बाढीले उक्त क्षेत्रको पुल बगाएको स्याम्ने गाउँका स्थानीय भ्यायल महतले जानकारी दिए । बाढीले काठे पुल बगाएपछि सीमकोट गाउँपालिकाको ठेहे, दोजाम, बरगाउ र खार्पुनाथको ताक्ला, बाम्टालगायत गाउँका स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको महतले बताए ।माथिबाट आएको बाढीले शुक्रबार बिहान ठेहेबाट सामान बोकेर सीमकोट आउँदै गरेको गधासहित सामान दुवैलाई बगाए पनि गधालाई उद्दार गर्न सफल उनको भनाइ छ ।


बिहीबार राती आएको बाढीले स्याम्ने गाउँ क्षेत्रमा क्षति पुर्‍याएको छ । केही वर्षअघि आएको बाढीले समेत स्याम्ने गाउँमा ठूलो क्षति गरेको थियो ।