close

भैंसी–बाख्रा चराउन वन गएकालाई बाघले घेरेपछि....

हात्तीले बचायो ज्यान

भैंसी–बाख्रा चराउन वन गएकालाई बाघले घेरेपछि....

हात्तीले बचायो ज्यान

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्दार गरिएको छ । गाभरका ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हिरा खड्का र २४ वर्षीया कालिका खड्कालाई निकुञ्जका हात्ती प्रयोग गरी सकुशल उद्दार गरिएको हो ।

 

भैंसी र बाख्रा चराउन जंगल गएका उनीहरूलाई पूर्व–पश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक ३ वटा बाघले घेरेका थिए । बाघबाट जोगिन रुखमा चढेका उनीहरूलाई निकुञ्जका हात्तीले दिउँसो उद्दार गरेको हो ।

 

बाघले घेरिरहेको अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरी माउतेले उद्दार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए ।

 

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको बताए । जंगलमा रहेकाले कर्मचारीसँग मोबाइल फोनमा सम्पर्क हुन नसकेको उनको भनाइ छ ।