close

उदयपुरमा बाढीले बगाएर २ जनाको ज्यान गयो

उदयपुरमा बाढीले बगाएर २ जनाको ज्यान गयो

Trulli
ADVERTISEMENT

उदयपुर-   निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरमा दुई जनाको ज्यान गएको छ । घरबाट बजारसम्म दूध पु¥याएर फर्किने क्रममा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ दमौटीका ४४ वर्षीय टुकबहादुर खड्कालाई स्थानीय कोरिया खोलाले बगाएर ज्यान गएको हो । 


मंगलबार साँझ दमौटीबाट सप्तरीको चहका बजारमा दूध प¥याएर फर्किंदै गर्दा उदयपुर र सप्तरीको सिमाना भएर बग्ने कोरिया खोलाले बगाएको वडा नम्बर ५ का वडाध्यक्ष उद्धवसिंह थापाले जानकारी दिए ।

 

घरबाट बजारसम्म पुग्न कोरिया खोला सात ठाउँमा तर्नुपर्दछ । खड्काको शव दाह संस्कारका लागि परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  जिल्ला हुलाक कार्यालय उदयपुरका एक कर्मचारीको पनि बैजनाथ खोलामा आएको बाढीले बगाउँदा ज्यान गएको छ ।

 

उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ नरेटारका अतिरिक्त हुलाक कार्यालयका पत्रवाहक कर्मचारीको कार्यालयको काम सकेर घर फर्किने बेला बैजनाथ खोला तर्ने क्रममा बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


वडा नम्बर ८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई नेपालटारबाट महादेवस्थान घर फर्किने क्रममा बैजनाथ खोलाले बगाएको हो । श्रेष्ठको शव १ किलोमिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक प्रवक्ता वेदप्रसाद गौतमले बताए । 


उनको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाइघाटमा राखिएको छ ।