close

गुठीचौरका एकल पुरुषलाई विदुर भत्ता 

गुठीचौरका एकल पुरुषलाई विदुर भत्ता 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुष (विदुर) भत्ता दिन थालेको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ देखि एकल पुरुष भत्ता दिन थालेको हो । 

 

गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय भएको छ । उनले भने, ‘एकल पुरुषलाई मासिक २ हजार रुपैयाँ विदुर भत्ता दिने निर्णय गरेका छौँ । यसका लागि ७ लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ । पछि अपुग बजेट थप्छौँ ।’ 


सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गुठीचौरले भने यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए ।

 

उनले भने, ‘अहिले हामी तथ्यांक संकलनको प्रक्रियामा छौँ । यस्तै, गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त बनाउन हर्लिक्स, कुखुरा, अन्डा वितरण गर्दै आएका छौँ ।’