close

महालक्ष्मीमा पर्व शुभकामना आदानप्रदान

महालक्ष्मीमा पर्व शुभकामना आदानप्रदान

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको महालक्ष्मी नगरपालिकाले चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।  तिहार, न्यूदँया भिन्तुना, छठ, उधौली उभौली, ल्होसारलगायत चाडपर्व अवसरमा शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम गरिएको हो ।

 

कार्यक्रममा प्रदेश सांसद इन्द्रमणि पराजुलीले मन्तव्यमार्फत चाडपर्वको शुभकामना दिए । महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले चाडपर्वको शुभकामना व्यक्त गर्दै कोरोनाबाट बच्न सावधानी अपनाएर चाडपर्व मनाउन नगरबासीलाई आग्रह गरे ।

 

नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरीलगायतले मन्तव्यमार्फत सबैमा चाडपर्वको शुभकामना व्यक्त गरे ।