close

 विराटनगरका नगरप्रमुख पराजुलीले सुरु गरे १८ औं  दण्डप्रणाम यात्रा

 विराटनगरका नगरप्रमुख पराजुलीले सुरु गरे १८ औं  दण्डप्रणाम यात्रा

Trulli
ADVERTISEMENT

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाको अवसरमा  १८ औं  पटक दण्डप्रणाम यात्रा सुरु गरेका छन् । यसकालागि नगरप्रमुख पराजुलीले विराटनगर–३ पोखरीया ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलास्थित पूजास्थलसम्म सडकमा घस्रेर दण्डप्रणाम यात्रा गर्नेछन् । करिब तीन किलोमिटर दुरी पार गर्न लगभग चार घण्टा लाग्ने छ ।

 

छठ पर्वको निराहार ब्रत बसेका पराजुलीले बुधबार यात्रा सुरु गरेका हुन् । २८ वर्ष यता छठको ब्रत बस्दै आएका पराजुली प्रत्येक वर्ष छठको अवसरमा दण्डप्रणाम यात्रा गर्छन् । निर्वाचित भएपछि तीन वर्षयता नगरबासीको सुख, शान्तिको कामना गर्दै छठको कष्टपूर्ण ब्रत बसेको नगरप्रमुख भीम पराजुलीले बताए ।

 

हरेक वर्ष आफूले गर्दै आएको धार्मिक कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको उनको भनाइ छ । बुधबार घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि घाटमै जाग्राम बसी बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर ब्रत समापन हुने उनले बताए ।