close

सूर्यविनायक परिसरको पुनर्निर्माण गर्दै मध्यपुर

सूर्यविनायक परिसरको पुनर्निर्माण गर्दै मध्यपुर

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सूर्यविनायक परिसरको पुनर्निर्माण गर्ने भएको छ । वडा नम्बर ५ स्थित पोबुमा रहेको उक्त मन्दिर परिसरको पुनर्निर्माण गरिन लागेको हो । 

 

ऐतिहासिक महत्त्वको उक्त परिसर जीर्ण भएसँगै संरक्षणका लागि नगरपालिकाले पुनर्निर्माण गर्न लागेको हो । परिसरमा सूर्यविनायक मन्दिर, फल्चालगायत सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गरिनेछ । 


उपभोक्ता समिति गठन गरी मौलिक शैलीमा दाची अपा, चुन, सुकीको प्रयोग गरी पुनर्निर्माण गरिने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । 

परिसर पुनर्निर्माणका लागि नगरप्रमुख श्रेष्ठ र उपप्रमुख अन्जनादेवी मधिकर्मीले शिलान्यास गरे । आगामी चैत मसान्तभित्र परिसर पुनर्निर्माण सम्पन्न हुने कार्यतालिका बनाइएको छ ।


परिसर पुनर्निर्माणका लागि ७ कात्तिकमा उपभोक्ता समिति अध्यक्ष कुवेरकाजी भासिमाले सम्झौता गरेका थिए । परिसर पुनर्निर्माण गर्न नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोहीअनुरूप लागत अनुमान गरी मौलिक एवं परम्परागत शैलीमा परिसर पुनर्निर्माण हुने उनले बताए ।